
पाल्पा, साउन २९ :
सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक खण्डको तिनाउ गाउँपालिका ५ जोरधार भन्ने ठाउँमा माइक्रो बस दुर्घटना भएको छ।
दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन ।
बुटवलबाट पोखरा जाँदै गरेको ग २ ख १२२५ नंम्बरको हायस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
घाइते ७ जनाको लुम्बिनी मेडिकल कलेज तानसेन ७ प्रभासमा उपचार भइरहेको छ ।
चालक स्याङ्गजाको वालिङ्ग नगरपालिका ६ बस्ने शेखर कोईरालालाई भने प्रहरीले नियन्त्रणमा लिई दुर्घटना बारे अनुशन्धान सुरु गरेको छ ।