काठमाडौं, माघ ७ :

अमेरिकामा प्रतिबन्ध लागु हुनुभन्दा केही घण्टाअघि मात्र सामाजिक सञ्जाल एप टिकटक बन्द भएको छ ।

अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश देखिरहेका छन् ।

एपले यसको पछाडि अमेरिकी कानुनले लगाएको प्रतिबन्धलाई उद्धृत गरेको छ ।

प्रयोगकर्ताहरूका अनुसार अमेरिकामा एप स्टोरबाट पनि टिकटक हटाइएको छ । भिडियोहरू TikTok.com मा पनि देखिँदैनन् ।

टिकटकले भन्यो, ‘हामी भाग्यमानी छौं कि ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटकलाई फेरि व्यवसायमा ल्याउने समाधानमा हामीसँग काम गर्ने संकेत गर्नुभएको छ ।’

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने बताएका छन् ।

वास्तवमा, शुक्रबार अमेरिकी सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला सुनाएको थियो ।

टिकटकलाई यसको मूल कम्पनी बाइटडान्सले बेचेमा मात्र यो प्रतिबन्धबाट बचाउन सकिन्छ ।

त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइटहाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको छ । -बीबीसी