कास्की, माघ ७ :

नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्की स्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई तीन लाख रुपैंयाँ आर्थिक सहयोग गरेको छ ।

 उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन वहादुर गरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका थिए । 

सो कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । 

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।