मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
खेलकुद क्रिकेट

खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी होः पूर्वराष्ट्रपति यादव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
खेलकुद संस्कृति, विचार र विविधतालाई जोड्ने कडी होः पूर्वराष्ट्रपति यादव
काठमाडौं, माघ ८ :

पूर्वराष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताएका छन् ।

त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सोमवारबाट सुरु भएको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० नेपाल कप क्रिकेटको उद्घाटन गर्दै यादवले यस्तो बताएका हुन् । 

उनले पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको बताए । उनले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताए ।

क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ । खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास व्यक्त गरे । उनले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।

पर्वराष्ट्रपति यादवले अहिले जलवायु परिवर्तनको असर कम गर्न, लागुऔषध नियन्त्रणमा लाग्न सबै एकजुट हुनुपर्ने बताए । उनले हमासले बन्दी बनाएका नेपालका विपिन जोशीको रिहाईको आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार