मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल #सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल
खेलकुद क्रिकेट

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई ४७ रनले हराउँदै कोसी अङ्क तालिकाको शीर्ष स्थानमा

· सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई ४७ रनले हराउँदै कोसी अङ्क तालिकाको शीर्ष स्थानमा
कैलाली, माघ ८ :

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगितामा कोसी प्रदेश लगातार दोस्रो खेलमा विजयी भएको छ ।

आज भएको खेलमा कोसीले मधेस प्रदेशलाई ४७ रनले पराजित गरेको हो । कोसीले यसअघि पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । जितसँगै  समूह ‘बी’ मा रहेको कोसी ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

धनगढीस्थित फाप्ला मैदानमा आज भएको दोस्रो खेलमा कोशीले दिएको एक सय ७ रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ५९ रन मात्रै बनाउन सक्यो । 

मधेसका लागि प्रतिमा शाहले सर्वाधिक १७ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ कोशीका लागि कप्तान रूविना क्षेत्रीले ३ तथा अलिशा खडिया र ज्योती दनुवारले दुई दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोशीले २० ओभरमा ५ विकेटको क्षतिमा एक सय ६ रन बनायो । उसका लागि कप्तान रूविना क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाइन् । यस्तै टिका शाहले २१ रन बनाइन् । 

बलिङतर्फ मधेसका लागि प्रतिमा साहले दुई विकेट हात पारिन् । कोशीकी कप्तान रूविना प्लेयर अफ दी म्याच भइन् । आजै भएको अर्को खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार