
सप्तरी, साउन ३० :
सप्तरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका-१ का २५ वर्षीय सबिन राई रहेको सप्तरी प्रहरीले जनाएको छ ।
आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ५ स्थित पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ८१८१ नम्बरको क्लिङकर लोड गरेको ट्रक सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना जनाइएको छ ।