काठमाडौं, माघ १० :

नेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपको समूह चरणबाट बाहिरिएको छ । मलेसियामा  बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो ।नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो ।

अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो ।टस जितेर अस्ट्रेलियाले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो।  यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग र दोस्रे खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो। नेपाल सुपर ६ मा पुग्न आजको खेल जित्नै पर्ने थियो ।