काठमाडौँ, माघ १० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली खो- खो टोलीलाई सम्मान गरेको छ । 

भारतमा केही दिनअघि भएको प्रथम खो- खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो ।

रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई पार्टी कार्यालय बनस्थलीमा सम्मान गरेको कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिए। उनका अनुसार दुवै टोलीका खेलाडी, प्रशिक्षक र सदस्यलाई सम्मान गरिएको हो । 

कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले नेपाली खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै खेलाडीको थप प्रोत्साहन र अवसरका लागि  पार्टी सधैँ प्रतिबद्ध रहने बताए ।