
सभापति कप फुटबलमा संकटा क्लबले विजयी शुरुआत गरेको छ ।
त्रिपुरेश्वरको दशरथ रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा संकटाले चर्च ब्वाइज युनाइटेडलाई ३-० गोलले पराजित गर्यो । योसँगै संकटा सेमिफाइनलमा पुगेको छ ।ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड पहिलो खेलमै संकटासँग पराजित भएको छ ।
संकटाको जितमा अबेकाह रिचार्डले २ तथा चन्दन दासले १ गोल गरे ।संकटाले अब सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब र एपिएफको विजेतासँग खेल्नेछ । यी दुईको खेल शुक्रबार साँझ ५:३० बजे हुनेछ ।
प्रतियोगितामा संकटा, चर्च ब्वाइजसहित मच्छिन्द्र क्लब, एनआरटी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको बाग्मती युथ क्लब छन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको यो प्रतियोगिता यही माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
