काठमाडौं, माघ १२ :

गरिमा विकासको डेबिट र क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गर्न सकिने भएको छ ।

बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीचएल)  सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लेटफर्महरूमार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने ३- सेक्युअर ई-कमर्स सेवाको सुरुआत गरेको हो । बैंकले डिजिटल बैंकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ उक्त सेवाको सुरूवात गरेको जानकारी दिएको छ ।

उक्त सेवा सुरु गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड होल्डर ग्राहकले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई-कमर्स सुविधा सुरु गर्न सक्नेछन् । जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सकिनेछ ।

अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरूको यस विकास बैंकमा रजिस्टर गरिएको मोबाइल नम्बरमा ओटीपी जाने व्यवस्था मिलाइएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको छ ।

हाल बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम साथै नवीनतम् डिजिटल बैकिङमार्फत सरल सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।