काठमाडौँ, साउन ३१ :

त्रिभुवन आर्मी क्लब एफसीले डुरान्ड कपमा सान्त्वना जित हात पार्दै प्रतियोगिताबाट बाहिरिएको छ।

भारतमा जारी १३३ औँ डुरान्ड कपको अन्तिम खेलमा जिलेस्पीजंग कार्कीको दुई गोलको मद्दतमा जित हासिल गर्दै विभागीय टोली आर्मी बाहिरिएको हो ।

जवाहरलाल नेहरु रंगशालामा मंगलबार भएको समूह ‘एफ’ को खेलमा आर्मीले रांगदाजित युनाइटेलाई २-० ले पराजित गरेको हो। 

तीन खेलमा एक जित र दुई हारको नतिजा ब्यहोरेको आर्मी समूह एफको तेस्रो स्थानमा पुग्न सफल भयो। रांगदाजित भने सबै तीन खेलमा हार व्यहोर्दै अंकविहीन बनेको छ ।