शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार राजनीति

सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख पाउन हुदैन् : मुख्यमन्त्री कँडेल 

· बुधबार, ३१ साउन, २०८१ मा प्रकाशित
yamlal-kadel-karnali
सुर्खेत, साउन ३१ :

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिँदै जनसेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । 

यातायात क्षेत्रका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायात व्यवसायीका सम्बन्धित निकायका प्रतिनिधिहरूसँग मङ्गलबार भएको छलफलमा  मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नागरिक र व्यवसायी कसैलाई पनि असहज नहुनेगरी सुरक्षा जाँचको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। 

सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा १७ स्थानमा चेक पोइन्ट खडा गरिएको उल्लेख गर्दै उहाँले यति धेरै स्थानमा सुरक्षा जाँच गर्नु उपयुक्त हो वा होइन सुरक्षा निकायलाई पुनर्विचार गर्न आग्रह गर्नुभयो ।

प्रचलित कानुन उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले कानुन कार्यान्वयनका नाममा जनताले अनाहकमा दुःख पाउन नुहुने पनि बताउनुभयो ।

यही साउन २७ गते मध्यपश्चिम विश्वविद्यालयमा कर्णाली प्रदेशसभा संसदीय समितिका सभापतिहरुसँग सञ्चारकर्मी, उद्योगी, व्यवसायी, नागरिक अगुवा तथा कानुन व्यवसायीले सुरक्षा जाँचका नाममा सर्वसाधारणले दुःख पाएको तथा ट्राफिक प्रहरीले नियम विपरीत गतिविधि गरेको बताएका थिए।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार