पाँचथर, साउन ३१ :

सामाजिक सञ्जालको उपयोग गरी पाँचथरकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाख भन्दा बढी रकम सङ्कलन भएको छ ।

फालेलुङ गाउँपालिका - ६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट २७ लाख ११ हजार चार सय २९ सङ्कलन भएको हो । स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गर्नुभएको थियो । 

हालै सङ्कलित रकम सजिनालाई हस्तान्तरण गरिएको निर्देशक बान्तवाले बताउनुभयो ।