सङ्खुवासभा, साउन ३१ :

सङ्खुवासभामा रातभर आएको वर्षाका कारण अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । 

जिल्ला प्रशासन कार्यालय, संखुवासभाले सुचना जारी गर्दै खोला तथा नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह समेत गरेको छ ।

यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालय खाँदबारीले जनाएको छ ।