
पाँचथर, माघ १५ :
पाचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी आठ टोली सहभागी हुने प्रतियोगिता आयोजक पाँचथर क्लबले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
‘ए’ डिभिजन खेल्ने केही क्लबसहित दुई विदेशी टोली स्पर्धा गर्न आउने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले ११ लाख एक हजार एक सय ११ र उपविजेतालाई पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका सञ्चालनका लागि ७० लाख विनियोजन भएको अध्यक्ष तुम्रोकले बताए ।
चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।