बर्दिबास, साउन ३१ :
बर्दिबासमा आश्रयविहीनलाई राख्न निर्माण गरिने ‘हाम्रो मायाघर’का लागि शिवपुराण महायज्ञबाट दुई करोड सङ्कलन भएको छ ।
शिवपुराण महायज्ञ समितिका संयोजक हिरालाल गौतमले श्रद्धालुबाट प्राप्त नगद दुई करोडबाहेक प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले एक करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताउनुभयो ।
आज कथावाचिका राधिका दासीले भवन शिलान्यास गर्ने कार्यक्रम छ । उहाँले नै शिवपुराण सुनाउनुभएको थियो । बर्दिबास–२ मा मायाघर निर्माणका लागि दाताबाट पाँच कठ्ठा १० धुर जग्गा प्राप्त भएको छ ।