
काठमाडौं, माघ १५ :
एनएमबी बैंक लिमिटेडले रुकुमस्थित आठबिसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबीका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
आठबिसकोट शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।
आठबिसकोट शाखासहित एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।