
काठमाडौँ, माघ १६ :
आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज (मङ्गलबार) भएको सेमिफाइनल खेलमा बागमती ‘ए’ डिभिजन टोली एनआरटीलाई पेनाल्टी सुट आउटमा ४औ २ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।
खेलको निर्धारित समयमा दुबै टोलीले २- २ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा बागमतीले फाइनल यात्रा तय गरेको हो ।
योसँगै बागमतीले यही माघ १७ गते सङ्कटा क्लबसँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेताले १३ लाख प्राप्त गर्नेछन् ।