तेस्रो संस्करणको 'केपी ओली कप २०८१' आगामी फागुन ११ गतेबाट सुरु हुने भएको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको यस प्रतियोगितामा 'ए' डिभिजनका तथा विदेशीहरु गरी १० वटा टिमको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगिताका क्वाटर फाईनलसम्मका खेलहरु एन्फा कम्प्लेक्स सातदोवाटोमा हुने छन् भने फाइनल खेल दशरथ रंगशालामा हुने जनाइएको छ ।
प्रतियोगिताको प्रथम हुनेलाई १५ लाख ११ हजार एक सय ११ रुपैयाँ, द्वितीय हुनेलाई ५ लाख नगर, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार, म्यानअफ द म्याचलाई १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य पुरस्कारहरु प्रदान गरिने भएको छ । त्यस्तै हरेक खेल विजेता टीमलाई २५ हजार नगद प्रदान गरिने आयोजक संघका अध्यक्ष क्षितिज थेबेले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।
राष्ट्रिय युवा संघ, नेपालका संस्थापक अध्यक्ष ओलीको नामबाट स्थापित 'केपी ओली कप' फुटबल प्रतियोगिता २०७९ सालबाट सुरु भएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान
विगतका ठुला भ्रष्टाचारका काण्डको सरकारले सूक्ष्म अनुसन्धान गरिरहेको छ : प्रकाशचन्द्र परियार
दोधारा-चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्कियो : प्राविधिक टोलीद्वारा अध्ययन सुरु