काठमाडौं, माघ १७ :

विभागीय टोली एपीएफले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल प्रहरीलाई ४-० ले हराउँदै एपीएफले उपाधि जितेको हो। 

एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे । एपीएफले अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो ।

पूर्वकप्तान अनुले लिइन् सन्यास

राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छन् । बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट सन्यास लिएकी हुन् ।

उनलाई फाइनलपछि च्याम्पियन एपीएफका खेलाडीहरुले गार्ड अफ अनर प्रदान गरेका थिए ।उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।