काठमाडौं, माघ १८ :

फिल्म ‘एक्टर-टेक वानְ’ लाई प्रदर्शनको बाटो खुलेको छ ।

फिल्मलाई मुद्दा हाल्ने नेपाली डायस्पोरा इन्टरटेन्मेन्ट र ‘एक्टर : टेक वान’ का निर्माताबीच सहमति भएसँगै प्रदर्शनको बाटो खुलेको हो । बिहीबार दुवै फिल्मका निर्माताबीच भएको लामो छलफलपछि ‘एक्टर : टेक वन’ लाई प्रदर्शन गर्न दिने सहमति जुटेको हो ।

निर्माण कम्पनीले एक विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शनका लागि बिहीबारबाट बाटो खुलेको जानकारी दियो । डायस्पोरा इन्टरटेन्मेन्टले चलचित्र विकास बोर्ड र फिल्म निर्माता दुई कम्पनीविरुद्ध फिल्मको नाम मिलेको भन्दै मुद्दा दायर गरेको थियो ।

त्यस फिल्मविरुद्ध दायर रिटमा जिल्ला अदालत काठमाडौँले  प्रदर्शनको एकदिन अघि तत्कालका लागि प्रदर्शन रोक्न मंगलबार आदेश जारी गरेको थियो ।

फिल्म बुधबारबाट प्रदर्शनमा आउने तयारी थियो । राजन भुसालले निर्देशन गरेको यो फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेवलगायत कलाकारको प्रमुख भूमिका छ ।

 

2-1738238340.JPG