
नेपाली कांग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरुले स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानुन आवश्यक भएको सुझाएका छन् ।
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेका सम्मेलनको दोस्रो दिनको दास्रो सत्रमा बोल्ने वक्ताहरुले राज्यको विभेदपूर्ण नीति परिवर्तन गर्नुपर्ने बताएका हुन् । सामूहिक छलफल कार्यक्रममा जेसीआई नेपालकी अध्यक्ष रजनी थापाले समयअनुसार महिलाहरुले आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘महिला उद्यमीले समयअनुसार परिस्थितिलाई सहजरुपमा सामना गर्ने क्षमता विकास गर्दै लैजानुपर्दछ ।’ आफू उद्यमी भइरहँदा कामप्रतिको इमानदारीताका साथै सक्छु भन्ने कमिटमेन्ट पनि हुनुपर्ने अध्यक्ष थापाले बताइन । उनले थपिन्, ‘राज्यको पोलिसी महिलाको नाममा भन्दा पनि पुरुषको नाममा धेरै छ । सम्पत्ति भएको व्यक्तिले सहजै धितो राखेर सम्पत्ति राखेर ऋण लिन सक्छ त्यसका साथै व्यावसाय पनि गर्छ । त्यसकारण महिलामैत्री कानुन आवश्यक छ ।’ त्यसैगरी विद्यालय शिक्षामा पनि उद्यमी बन्ने पाठ्यक्रम समावेश गर्नुपर्ने उनको राय थियो । अध्यक्ष थापाले महिलालाई उद्यमी बन्न प्रेरित गर्न राज्यले सहजीकरण गर्नुपर्नेसमेत बताइन् ।
बीआईडी नेपालका नेपालका प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मक रुपमा फड्को मारेको बताएकी छन् । उनले भनिन्, ‘नेपालमा उद्यम स्थापना गर्न केही अप्ठ्याराहरु भए पनि काम गर्दै जाँदा चुनौती सामाना गर्ने क्षमता पनि हुने र मिहिनेत गरे सफल असम्भव हुँदैन ।’ पछिल्लो समय महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म नै आर्थिक रुपान्तरणमा योगदान गरिरहेकोसमेत उनले बताएकी छन् ।
उनले उद्यम गर्न उद्यम सेन्टरको पनि स्थापना हुनुपर्ने बताइन् । उनले थपिन, ‘अहिले महिला उद्यमसिलताले सहरदेखि गाउँसम्म आर्थिक रुपान्तरणको योगदान गरिरहेको छ । अहिले महिला उद्यमीको सहभागिताले आफ्नो आन्तरिक खर्च धान्न केही न केही गर्दा अरुमा भर पर्नु नपर्ने हुँदा सजिलो भएको छ ।’
यूजी केक्सकी संस्थापक निकिता आचार्यले आफुले २०१२ मा सानो लगानीमा सुरु गरेको व्यवसायले अहिले ठूलो फड्को मारेको बताइन् । उनले थपिन्, ‘हामीले तालिम दिएका धेरैजना अहिले आत्मनिर्भर भएको र कैयौं सफल उद्यमीका रुपमा समेत परिचित हुनुहुन्छ ।’
उनले समाजमा पुरुषको तुलनामा महिलालाई बढी नै चुनौती रहेको उल्लेख गरिन् । ‘महिलालाई उद्यमप्रती उत्प्रेरित बनाउन राज्यले विभिन्न नीति त ल्याएको छ । तर महिलाहरु त्यसमा समावेश भएका छैनन्,’ उनले भनिन्, ‘महिलालाई उद्यममा सहज प्रवेशको लागि राज्यले आफ्ना कानुन र नीतिमा सुधार र परिवर्तन गर्न आवश्यक छ ।’
त्यसैगरी एनआरएनकी पूर्वअध्यक्ष रविना थापाले अर्थतन्त्र सबल बनाउन महिला उद्यमीको महत्त्वपूर्ण भूमिका रहने बताइन् । उनले भनिन्, ‘मैले नेपालको एक गाउँबाट सुमद्रपारिको सहरमा पुगेर यहाँसम्मको परिचय बनाउन थुप्रै चुनौती र कठिनाइको सामना गर्नुपरेको थियो । हामीले विदेशमा पनि नेपाली महिलाहरुलाई उद्यमशीलताका लागि प्रेरित गरेका थियौं ।’
उनले नेपालमा सहज रुपमा उद्यम गर्न राज्यले विश्वास पनि नगर्ने परिस्थिति भए पनि अहिले सहज भएको बताएकी छन् । उनले भनिन्, ‘उद्यम दर्तादेखि धेरै विषयमा झन्झट भएकाले त्यसका लागि सहजीकरण गर्न अवश्यक रहेको छ ।’
त्यस्तै नेपाल रिपब्लिक मिडियाकी सीईओ समृद्धि ज्ञावलीले आन्तरिक उत्पादनलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन समस्या रहेको बताएकी छन् । उनले अवसरको सदुपयोग गर्न सके सफल उद्यमी बन्न असहज नहुने बताइन् ।
यो छलफल कार्यक्रमको सहजीकरण आर्थिक पत्रकारितामा लामो समयदेखि काम गर्दै आइरहेकी आशा थपलियाले गरेकी हुन् ।
यो पनि…
नेपाल स्टार्टअप : आईटी क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ
‘सरकारको सपोर्टविना स्टार्टअपले गति लिन सक्दैन’
‘नेपालमा स्टार्टअपका लागि लगानीको सहज वातावरण र एकद्वार प्रणाली आवश्यक छ’
प्रभावकारी रुपमा ‘स्टार्ट अप’ चलाउन सके रोजगारीमा क्रान्ति हुन्छ : देउवा
साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्न स्टार्ट अप समिट गरिएको हो : मीन विश्वकर्मा
उद्योगमैत्री वातावरण बनाउन अहोरात्र खट्छौं : उर्मिला थपलिया