शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार विदेश

भारतले आज ७८ औं स्वतन्त्रता दिवस मनाउँदै, प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त

· बिहीबार, ३२ साउन, २०८१ मा प्रकाशित
भारतले आज ७८ औं स्वतन्त्रता दिवस मनाउँदै, प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त
काठमाडौँ, साउन ३२ :

भारतले आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्षको अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै भारतको अर्थतन्त्रको प्रगतिको कामना गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लाबाट आज ७८ औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लालकिल्लामा मनाइने कार्यक्रममा ५ हजार बढि विशेष अतिथिलाई निमन्त्रणा गरिएको जनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले काठमाडौँमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै छ ।

 त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार