सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
प्रदेश सुदूरपश्चिम प्रदेश

आगलागीबाट १० कट्ठामा लगाइएको उखु नष्ट 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
आगलागीबाट १० कट्ठामा लगाइएको उखु नष्ट 
कञ्चनपुर, माघ २१ :

शुक्लाफाँटा नगरपालिका- १२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ ।

दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ । छिमेकी मोतिराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा हिजो साँझ बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा- १२ वडाध्यक्ष नवलसिंह रानाले बताए ।

हावा चलिरहेका बेला उखुका पात जलाउँदा उखुबारीमा आगो सल्केर पूरै बारीको उखु जलेको हो । झण्डै पाँच सय क्विन्टल काट्नका लागि ठिक्क भएका उखु जलेका हुन् । पीडित बमनुले समूहबाट कर्जा लिएर रोपेको पूरै उखु जलेर सखाप भएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार