शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार अर्थतन्त्र

यातायात कार्यालय जुम्लाले ६ महिनामा उठायो ६७ लाख राजस्व

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
यातायात कार्यालय जुम्लाले ६ महिनामा उठायो ६७ लाख राजस्व
जुम्ला, माघ २१ :

जुम्लामा रहेको यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा ६७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारीसाधन दर्ता, नवीकरण तथा सवारीचालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव ०८१/८२ को साउनदेखि पुससम्ममा सो कार्यालयले ६७ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए ।

महतका अनुसार चालु आवको ६ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार, चालक अनुमतिपत्र (लाइसेन्स), सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर ३० लाख ३५ हजार र सवारीसाधन करतर्फ २६ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, चालु आवको यही अवधिमा पुस मसान्तसम्म ११३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुई सय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । -रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार