शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार विदेश

अफ्रिकामा मंकीपक्सको प्रकोप, डब्लूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

· बिहीबार, ३२ साउन, २०८१ मा प्रकाशित
अफ्रिकामा मंकीपक्सको प्रकोप, डब्लूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
काठमाडौँ, साउन ३२ :

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकाका केही ठाउँहरुमा मंकीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

अत्यधिक संक्रामक रोग मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ। यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको छ ।

वैज्ञानिकहरूले यो रोगको नयाँ भेरियन्ट छिटो फैलिरहेको र यसको उच्च मृत्यु दरका कारण चिन्ता व्यक्त गरेका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई ’धेरै चिन्ताजनक’ अवस्था भनेका छन् । ’यो प्रकोप रोक्न र जीवन बचाउनको लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक छ’, उनले भने ।

एमपक्स यौन सम्पर्क, छालादेखि छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्नसक्छ । यसमा फ्लू जस्ता लक्षणहरु देखिन्छन् । छालामा घाउहरू हुन्छन् । यो रोगबाट मृत्युको अनुपात एक सय जनामा चार जना रहेको छ ।

नेपालमा पहिलो पटक २०८० को असारमा मंकीपक्सको संक्रमण पुष्टि भएको थियो । नेपालमा रहेकी एक विदेशी महिलामा उक्त संक्रमण देखिएको थियो ।

मंकीपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा- विमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ । एजेन्सीहरुको सहयोगमा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार