
नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ । पार्टी पदाधिकारीको सोमबार बसेको बैठकले प्रदेश इन्चार्जहरू तोकेको हो ।
जसअनुसार कोसीमा हरिबोल गजुरेल , मधेश प्रदेशमा मातृका यादव, बागमती प्रदेशमामा हितमान शाक्य र गण्डकी प्रदेशमा दिनानाथ शर्मा तोकिएका छन् ।
यस्तै लुम्बिनीमा चक्रपाणी खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका जानकारी दिए
यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् ।यसअघि मधेसमा लिलामिण पोखरेल र बागमती प्रदेशमा अग्नी सापकोटा इन्चार्ज थिए।
माओवादीले महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगालको जिम्मेवारी नदिने नीतिअनुसार कार्यविभाजन गरेको हो ।