काठमाण्डौं, साउन ३२ :

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सिन्धुलीको तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक  गोविन्द काफ्लेले जानकारी दिनुभयो । 

वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । 

घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उहाँहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको छ । 

दुर्घटनापछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।