शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

उपनिर्वाचनको तयारी

· बिहीबार, ३२ साउन, २०८१ मा प्रकाशित
उपनिर्वाचनको तयारी
काठमाण्डौं, साउन ३२ :

देशभर रिक्त रहेका स्थानीय तहहरुमा आगामी मङ्सिर महिनामा उपनिर्वाचन गराउने गरी निर्वाचन कार्यालयले तयारी गरेको छ ।

विभिन्न कारणले रिक्त रहेका पालिका तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र वडा अध्यक्षको पदमा आगामी मङ्सिरमा उपनिर्वाचन गराउने तयारी सुरु गरिए पनि निर्वाचनको मिति निश्चित गर्न बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

यस्ता पदहरु रिक्त भएका कारण नागरिकलाई सेवा प्राप्तिमा असुविधा उत्पन्न भइरहेकाले उपनिर्वाचन मार्फत पदपूर्तिका लागि निर्वाचन आयोगले आन्तरिक तयारी गरेको जनाइएको छ ।

धनगढीमा बुधबार आयोजित बार्षिक समीक्षा कार्यक्रममा सो जानकारी गराईएको हो ।

सुदूरपश्चिमको कैलाली जिल्लामा वर्ष २०८०/८१ मा एक हजार १२ नयाँ मतदाताको नामावलीमा नाम दर्ता भएको, एक सय ५७ को ठाउँसारी भएको, दुई सय ४५ को त्रुटि सच्च्याइएको र मृत्यु भएका दुई हजार दुई सय ४२ मतदाताको मतदाता नामावलीबाट नाम हटाइएको बताईएको छ ।

प्रतिनिधिसभाको पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा गएको वैशाखसम्ममा जम्मा पाँच लाख ३६ हजार सात सय ७० मतदाता पुगेका छन् ।सुदूरपश्चिम प्रदेशको हकमा बाजुरा जिल्ला, स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । 

यस्तै, बझाङ जिल्ला सुर्मागाउँपालिका–४, डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका–६, दार्चुला जिल्ला दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वडाअध्यक्ष पद रिक्त रहेको छ । 

देशभर नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र वडाअध्यक्ष गरी ३४ पद रिक्त रहेको आयोगले जनाएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार