
सहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ ।
चितवन जिल्ला अदालतमा बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।
बुधबार सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाको बहस सकिएको छ ।
रविलाई संगठित अपराधमा मुद्दा नचलाएकामा न्यायाधिवक्ता लुइँटेलमाथि छानबिन
त्यसैगरी जाहेरवालाका तर्फबाट चारजना मध्ये अधिवक्ता रमेश काफ्लेको मात्र बहस सकिएको छ ।
प्रतिवादी रवि लामिछानेका तर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन् । बाँकी कानुन व्यवसायीहरूको बहस बिहीबारबाट फेरि सुरू हुने चितवन जिल्ला अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए।
रविसँग करिब ४ घण्टासम्म बयान लिइएको थियो । उनी कार्यालय समयमानै अदालत उपस्थित भएका थिए ।साहारा चितवन सहकारी ठगी प्रकरणमा मंगलबार रविसहित १५ जना विरुद्ध मुद्दा दायर भएको थियो ।
यो पनि…