काठमाडौं, माघ २४ :

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले आगामी संसद् बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।


संसदीय दलको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन् । उनले दलको बैठकमा तीनवटा एजेन्डाहरु रहेको र जसमा संसद्‌मा दर्ता भएका विषय,अध्यादेशको विषय र संसद्‌को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको जनाइन् ।

पार्टी सभापति रवि लामाछिनेका विषयमा संसद्‌मा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि डाँगीले जानकारी दिइन् । ‘दलको बैठकमा तीन वटा एजेन्डा राखेका थियौं । संसद्‌मा दर्ता भएका विषय,अध्यादेशको विषय र संसद्‌को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयका थिए,’ उनले भनिन्, ‘अबको प्रतिनिधिसभाको बैठकमा पार्टीका एजेन्डा, सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गर्‍यौं । अध्यादेश अस्वीकारको सूचना संसद्‌मा दर्ता गराएका छौं । त्यसमा बोल्ने सांसदहरु नाम टुंग्याएका छौं । विधेयक अध्ययन समितिलाई चलायमान बनाउने निर्णय गरेका छौं ।’

उनले संसद्‌मा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरुको नामसमेत टुंगो लगाएको उल्लेख गरिन् ।

यो पनि…

रविलाई संगठित अपराधमा मुद्दा नचलाएकामा न्यायाधिवक्ता लुइँटेलमाथि छानबिन
रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो