मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल #सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल
खेलकुद क्रिकेट

महिला टी- ट्वेन्टी शृङ्खला : नेपालले आज थाइल्यान्डसँग खेल्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ माघ, २०८१ मा प्रकाशित
महिला टी- ट्वेन्टी शृङ्खला : नेपालले आज थाइल्यान्डसँग खेल्दै
काठमाडौँ, माघ २६ :

त्रिदेशीय महिला टी- २ शृङ्खलामा लगातार पाँच खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले आज (शुक्रबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल दिउँसो १२ : १५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालमाथि घरेलु मैदानमा जित निकाल्नु पर्ने दबाब छ । पाहुना टोली थाइल्यान्डका लागि समेत उपाधिका लागि आज नेपाललाई हराउनै पर्ने दबाब छ । 

पाँच खेल खेलिसकेको थाइल्यान्डले एक खेलमा पराजित हुँदै आठ अङ्क बनाएको छ । तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको पनि समान आठ अङ्क बनाएकाले थाइल्यान्डका लागि नेपालसँगको खेल जित्नुपर्ने पर्ने दबाब छ ।

घरेलु मैदानमा नेपालले भने खाता खोल्नै सकेको छैन । आजको खेल शृङ्खलाको अन्तिम भएकाले नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।

रनरेटका आधारमा थाइल्याण्ड शीर्ष स्थानमा छ भने नेदरल्यान्ड्स दोस्रो स्थानमा छ। नेपाल भने अङ्क विहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार