
भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ । भाजपाले २७ वर्षपछि दिल्लीमा स्पष्ट बहुमत हासिल गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली विधानसभाका ७० सिटमध्ये भाजपाले ४८ स्थानमा विजय प्राप्त गरेको छ।
आम आदमी पार्टी (आप) ले २२ सिट जित्दा भारतीय कंग्रेसले एउटा सिट पनि जित्न सकेको छैन । दिल्लीमा सरकार गठनका लागि ३६ सिट आवश्यक पर्छ ।यसअघि सन् १९९३ मा भाजपाले ४९ सिट जितेको थियो अर्थात् दुईतिहाइ बहुमत प्राप्त गरेको थियो।
यसपटक भाजपाले नराम्रोसँग बदला लियो । २०१३ देखि आम आदमी पार्टीले निरन्तर सरकार चलाउँदै आएको थियो । विगतमा दुईतिहाइ बहुमत प्राप्त गरेको आम आदमी पार्टी कसरी थोरै सिटमा खुम्चन पुग्यो भन्ने बारेमा राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
चुनावमा दिल्लीका पूर्वमुख्यमन्त्री तथा आपका संस्थापक अरविन्द केजरीवाल,पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि पराजित भएका छन् ।
र यो पनि…