नवलपरासी, भदौ १ :

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन थालेको हो। 

नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’ मार्फत उपलब्ध गराइएको रकम बिहीबार जेहन्दार दुई जना प्रति विद्यार्थीलाई ५० हजारका दरले प्रदान गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । 

यसैबीच, नगरभित्र उच्च शिक्षा अध्ययन गर्ने २८ जना विपन्न विद्यार्थीलाई ८ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ  । आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।