मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

प्रधानमन्त्री ओलीले भने - ‘अहिले सांसद गन्ने बेला होइन’

अध्यादेश केही दिनपछि संसद्‍मा प्रस्तुत गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ माघ, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओलीले भने - ‘अहिले सांसद गन्ने बेला होइन’
काठमाडाैं, माघ २८ :

प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएका अध्यादेश केही दिनपछि मात्र संसद्‍मा प्रस्तुत गरिने बताएका छन्।  संसद् भवनमा आइतबार सञ्चारकर्मीको जिज्ञासा मेट्दै प्रधानमन्त्री ओलीले दलहरूसँग छलफल चलिरहेकाले केही दिन लाग्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले अहिले नै सांसद गन्ने बेला नभएको बताउँदै अध्यादेशबारे दलहरूसँग छलफल गर्न थप दुई/तीन दिन लाग्ने बताए ।

सरकार राष्ट्रिय सभामा अल्पमतमा परेपछि अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नबाट पछि हट्यो। संघीय संसद्का दुवै सदनमा बिहीबार अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो। सरकालाई जसपा नेपालको मत आवश्यक छ ।

संसद् बैठक अघि जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा बसेको थियो। संसदीय दलको बैठकमा अध्यादेश स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न सकेको छैन ।

सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह अध्यादेश,भूमिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार अध्यादेश ल्याएको छ । यी मध्ये केही अध्यादेशहरु विवादित छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार