मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल #सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल
खेलकुद क्रिकेट

अर्जुन ट्रफी क्रिकेटको उपाधि अत्तरियाले जित्यो, १० लाख पुरस्कार प्राप्त 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ माघ, २०८१ मा प्रकाशित
कैलाली, माघ २९ :

धनगढीमा सम्पन्न ‘अर्जुन ट्रफी राष्ट्रिय टी- २० क्रिकेट’ को उपाधि सिवाइसी अत्तरियाले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गरेको हो । 

उपाधिसँगै अत्तरियाले १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता डडेल्धुराले पाँच लाख पुरस्कार पायो । जितका लागि एक सय १९ रनको लक्ष्य पाए पनि डडेल्धुराले  ८४ रन मात्र बनायो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले १० रन बनाए ।

बलिङतर्फ अत्तरियाका लागि शाहव आलम र दिपेश कँडेलले तीन तीन तथा कमल गुप्ता र विवेक यादवले दुई दुई विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला  ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरको ९ विकेटको क्षतिमा एक सय १८ रन बनायो । उसका लागि रासिद खानले ३१, कप्तान सन्तोष कार्कीले २० र शङ्कर रानाले २० रन बनाए ।

बलिङतर्फ डडेल्धुराका लागि अभिषेक गौतमले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेल र अभिषेक चौहानले एक एक विकेट लिए । प्रतियोगितामा आठ टोली सहभागी थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार