बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
मनाेरञ्जन कला भिडियो

प्रदीप भट्टराईको ‘उमेर ढल्केको’ [भिडियो]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २ फागुन, २०८१ मा प्रकाशित
प्रदीप भट्टराईको ‘उमेर ढल्केको’ [भिडियो]
काठमाडौं, फागुन २ :

संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत ‘उमेर ढल्केको’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

उनले आफ्नो सांगीतिक यात्राको सुरुवात २५ वर्षअघि मेलान्ज ब्यान्डमार्फत गरेका थिए । भट्टराईले नेपाली संगीतमा आफ्नै मौलिक शब्द, संगीत र शैलीले छुट्टै पहिचान बनाएका छन् । भट्टराईले यसअघि पनि आफ्नै शब्द र संगीतमा दुईवटा एल्बम सार्वजनिक गरिसकेका छन् ।

उनका गीत प्रेम, जीवन र सामाजिक चेतनासँग जोडिएका विषयवस्तुहरुमा केन्द्रित हुने गर्छन् । सार्वजनिक नयाँ गीतमा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले स्वर दिएका छन् । गीतको भिडियोमा रविको आवाजसँगै उनको अभिनय, कलाकार जयकिशन बस्नेत र विना राउत तथा संगीतकार भट्टराई स्वयंको अभिनय छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार