काठमाण्डौं, भदौ १ :

पछिल्ला वर्षहरुमा नेपालमा फैलिरहेको डेँगु संक्रमणले प्रकोपको रुप लिन थालेको छ । 

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तत्थ्यांक अनुसार दैनिक झण्डै तीन सयको हाराहारीमा सङ्क्रमित हुने गरेको पुष्टी भएको छ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्षादमा मनसुनसँगै डेँगुको प्रकोप बढ्दो क्रममा रहेकोले सचेत रहन सुझाव दिनुभएको छ ।

डेँगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस हो । लामखुट्टे जमेको पानी  र रुख विरुवा भएको झाडीमा बस्ने भएकाले घर तथा कार्यालय वरपरका त्यस्ता ठाउँहरुको सरसफाइमा ध्यान दिनुपर्ने विशेषज्ञ डाक्टर पुनले बताउनुभयो।

डेँगु लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने र आँखाको गेडी झर्ला जस्तो हुने, हाडजोर्नी तथा ढाड दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखा पर्ने भएकाले बेलैमा नजिकैको स्वास्थ्य संस्थामा गई जँचाउन विशेषज्ञ पुनको सुझाव छ ।

यसै सन्दर्भमा सकृय न्युज डट कमले सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग डेँगु के हो ? यसका लक्षण, बच्ने उपाय र उपचार विधिका विषयमा गरिएको कुराकानी तलको भिडियोमा प्रस्तुत गरेका छौँ ।

डा. पुन हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत हुनुहुन्छ ।।