काठमाडौं, फागुन २ :

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल विरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

नेपाल र भट्टराईविरुद्ध बिहीबार सुनाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त मुद्दा पूर्ण इजलासमा गर्न आदेश दिएको हो।

नीतिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।सो मुद्दामा अहिले पनि केही तारिक धाउँदै छन् भने केहीले उन्मुक्ति पाइसकेका छन् ।

उक्त निर्णयविरुद्ध अधिवक्ता बालकृष्ण न्यौपानलेले २०७६ माघ २९ मा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।