आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

जाँच गरिएका ९४५ सवारीसाधनमध्ये ५१५ वटा प्रदूषण मापदण्डविपरीत

आज प्रदूषण परीक्षण गरिएका १०१ वटा पेट्रोलका सवारीसाधन जाँच गर्दा २१ वटा फेल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २ फागुन, २०८१ मा प्रकाशित
जाँच गरिएका ९४५ सवारीसाधनमध्ये ५१५ वटा प्रदूषण मापदण्डविपरीत
काठमाडौं, फागुन २ :

अहिलेसम्म काठमाडौं महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५ वटा सवारीसाधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएका छन् ।

सडकमा गुडिरहेका सवारीसाधनहरुको परीक्षण गरिएको हो । यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण गर्दा ४७१ वटा फेल भेटिएका हुन् ।

महानगरपालिकाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’, ‘फोहोरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरिएको हो ।

‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ मा पेट्रोलबाट चल्ने र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ । जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ ।

तीनपाङ्ग्रे सवारीका हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । दुईपाङ्ग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्छ ।

सहरका सडकमा गुडिरहेका सवारीसाधनहरुले मापदण्ड पालनाको अवस्थामा जानकारी लिन गएको पुस २९ गतेदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, ट्राफिक प्रहरी महाशाखा र महानगर प्रहरी बलसँगको सहकार्यमा प्रदूषण जाँच गरिरहेको छ । जाँच सुरुवातका चरणमा फेल भएका सवारीसाधनहरुलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ ।

सचेतनात्मक कार्यक्रमका रुपमा सुझाव दिँदा पनि आफ्ना सवारीसाधनलाई मर्मत सम्भार गरेर दुरुस्त अवस्थामा चलाउने गरेको नपाइएपछि फेल हुने सवारीसाधनका चालकको कागजपत्र लिएर पाँच सय रुपैयाँ जरिवाना तिराउन थालिएको छ । वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार अहिलेसम्ममा ५५ सवारीचालकलाई जरिवाना तिराइएको छ । यसरी मौका प्रदान गर्दा पनि अटेर गर्नेलाई सवारीसाधन सञ्चालनमा रोक लगाउने महानगरपालिकाको तयारी छ ।

परीक्षणका क्रममा सवारीचालक र सहचालकलाई सम्झाउने, कानुनी व्यवस्थाबारे जानकारी दिने, सवारीधनीलाई एसएमएसमार्फत सवारीसाधनलाई चुस्त अवस्थामा राख्न आग्रह गर्ने, दोस्रोपटक जाँच गर्दा प्रदूषण मापदण्डविपरीत पाइए कानुनी कारबाही हुने जानकारी गराउनेलगायत प्रक्रियाबाट सुधारको मौका दिइएको छ ।

अहिलेसम्ममा ठमेल, मैतीदेवी, चाबहिल, खुशिँबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ,  बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण भएको छ । यसरी फेल हुने सवारी साधनहरुमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बोलेरो, सामान बोक्ने ट्रकलगायत सवारीसाधन छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार