
photo: AP
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै दुवै नेताले एकअर्काको प्रशंसा गरेका छन् ।
दुई नेताहरूबीचको द्विपक्षीय वार्ता व्यापारमा केन्द्रित थियो, जसमा ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा समान शुल्क लगाउने कुरा गरे भने मोदीले दुई देशहरूबीच व्यापार वार्ता सुरु गर्ने बताएका छन् ।
भारतले जतिसुकै कर लगाए पनि, आफुरहरु भारतमाथि पनि कर नलगाउने ट्रम्पले बताए । करको बारेमा ट्रम्पले भने, हाम्रा सहयोगीहरू हाम्रा शत्रुहरू भन्दा पनि खराब छन् ।
प्रधानमन्त्री मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गर्ने कुनै पनि भारतीय नागरिकलाई फिर्ता लैजाने वाचा गरे ।
ट्रम्पले भारतले अमेरिकाबाट बढी तेल र ग्यास किन्नसक्ने बताए। भारतले हाल रुस, इराक र साउदी अरेबियाबाट लगभग ९० अर्ब डलरको तेल र ग्यास खरिद गर्दै आएको छ ।
यसैबीच, प्रधानमन्त्री मोदीले अमेरिकाबाट अवैध भारतीयहरूलाई फिर्ता लैजान आफू तयार रहेको बताएका थिए ।
ट्रम्पसँगको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्धको पनि उल्लेख गरे । उनले भारत शान्तिको पक्षमा रहेको भन्दै दुबै पक्षले वार्ता गर्नुपर्नेमा जोड दिए ।
नरेन्द्र मोदीले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको पनि प्रशंसा गरेका छन् ।
