मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति भिडियो

सुवालको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- अहिलेको कानुनअनुसार कसैलाई पनि मृत्युदण्ड दिन सकिँदैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
सुवालको प्रश्नमा प्रधानमन्त्रीको जवाफ- अहिलेको कानुनअनुसार कसैलाई पनि मृत्युदण्ड दिन सकिँदैन
काठमाडौं, फागुन ५ :

प्रधानमन्त्री ‌केपी ओलीले अहिलेकै अवस्थामा भ्रष्टाचारीलाई मृत्यु दण्ड दिन नसकिने बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको प्रश्नोत्तर कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले अहिलेकै कानुनी व्यवस्थाअनुसार भ्रष्टाचारीलाई मृत्युदण्ड दिन नसकिने बताए । कसैलाई मृत्युदण्ड दिँदैमा समस्याको समाधान नहुने उनको भनाइ थियो ।

उनले नेपालको संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हकमा कसैलाई मृत्युदण्डको सजाय दिनेगरी कानुन नबनाइएको पनि बताए ।

‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो। कहिलेकाहीँ प्रमाण नपुगेको हुनसक्छ,’ उनले भने, ‘मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन ।’

नेपालको संविधानको धारा १६ मा रहेको सम्मानपूर्वक बाँच्न पाउने हकमा कसैलाई पनि मृत्युदण्डको सजाय दिनेगरी कानुन नबनाइने कुरा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार