
काठमाडौं, फागुन ६ :
प्रधानमन्त्री केपी ओलीले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’
यो पनि…
प्रकृति लम्साल मृत्यु प्रकरण : अनेरास्ववियुद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन
नेपाली दूतावासले भन्यो - भारत सरकारसँग सम्पर्क भइरहेको छ
