काठमाडौँ, भदौ ३ :

रुसको पूर्वी तटमा गएको ७.० म्याग्निच्युडको भूकम्पपछि ज्वालामुखी विष्फोट भएको छ । ज्वालामुखीका कारण हावामा ५ माइल अग्लो  खरानीको स्तम्भ उठेको सीएनएनले जनाएको छ ।

आइतबार बिहान ज्वालामुखी विष्फोट भएको हो ।

रुसी सरकारी मिडियाका अनुसार ज्वालामुखी विष्फोट भएको स्थान झण्डै एक लाख ८० हजार जनसंख्या भएको तटीय शहर जुन रुसको पूर्वी क्षेत्र कामचाटकाबाट लगभग २८० माइल टाढा रहेको जनाइएको छ ।

शिवेलुच नाम दिएको ज्वालामुखीले खरानी स्तम्भ बनाएको र समुद्री सतहबाट ८ किलोमिटर उचाइमा रहेको टासा न्यूजलाई उल्लेख गर्दै सीएनएनले जनाएको छ ।

त्यहाँ मानिसहरू घाइते भए नभएको कुनै रिपोर्ट सार्वजनिक भएको छैन ।

रूसी एकेडेमी अफ साइन्सको सुदूर पूर्वी शाखाको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले ७.० म्याग्निच्युडको भूकम्पले गर्दा शिवेलुच ज्वालामुखी विष्फोट भएको उल्लेख गरेको छ। 

फोटोः सीएनएन