
काठमाडौं, फागुन ७ :
राष्ट्रिय सभा बैठकमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका छन्।
मंगलबार बिहान बसेको बैठकको शून्य समयमा सांसद्हरुले भारतमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणदेखि पोखरा भ्रमण वर्षको समयमा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते भएको विषयमा आआफ्नो धारणा राखे ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा तथा यातायात मन्त्री देवेन्द्र दाहालले‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०- ८१ को पैँसट्ठीऔँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गरेका छन् ।
यस्तै, मन्त्री दाहालले पेस गरेको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई बैठकले सर्वसम्मत स्वीकृत गरी दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।