महोत्तरी, भदौ ३ :

महोत्तरी गाउँपालिका-१ सोनुखडा गाउँमा एक पुरुषले कुटपिट गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ बर्षकी श्रीमती रोशना खातुनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेले जानकारी दिनुभयो ।

घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ । घटनापछि फरार भएका उनका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।