
काठमाडौँ, फागुन ८ :
पाकिस्तानमा आजदेखि च्याम्पियन्स ट्रफी शुरु हुँदैछ ।
उद्घाटन खेलमा आज पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरु हुनेछ ।
न्युजिल्यान्डका बलर लकी फर्गुसन खुट्टामा चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि उनको ठाउँमा काइल जेमिसनलाई टोलीमा बोलाइएको छ ।
१९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ ।
च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ ।