आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राजेन्द्र लिङ्देन#पुष्पकमल दाहाल ‘प्रचण्ड’#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका #राजेन्द्र लिङ्देन#पुष्पकमल दाहाल ‘प्रचण्ड’#आरेन राई#श्रम संस्कृति पार्टी#राजनीतिक प्रतिवेदन#अर्थतन्त्र#रेशमलाल चौधरी#गगन थापा पुस्ता#कांग्रेस महाधिवेशन#ड्रोन दृश्य#नुवाकोटका घर#दक्षिण कोरियाली स्वयंसेवक#१५औँ महाधिवेशन उद्घाटन#सभापति गगनकुमार थापा#पुष्पकमल दाहाल प्रचण्ड#चिनियाँ राजदूत कोरलानाका
खेलकुद फुटबल

इटहरी गोल्डकप : आज मोरङ र धरान फुटबल क्लब प्रतिस्पर्धा गर्दै 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
इटहरी गोल्डकप : आज मोरङ र धरान फुटबल क्लब प्रतिस्पर्धा गर्दै 
सुनसरी, फागुन ९ :

मच्छिन्द्र फुटबल क्लब काठमाडौँ युनाइटेड फुटबल क्लब खर्साङ (युकेएफसी) लाई हराउँदै १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार इटहरी रङ्गशालामा भएको खेलमा युकेएफसीलाई ३- १ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो । 

खेलको ६५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ७०औँ मिनेटमा मच्छिन्द्र क्लबका ओमोलाजा नुरेन हरिमले गोल गर्दै टोलीलाई बराबरीमा पुर्याउन सफल भएका थिए ।

खेलको ७२औँ मिनेटमा मच्छिन्द्रका मल्लिक बियुसुफले गोल गरेका थिए । निर्धारित समय सकिएपछि चार मिनेट थपिएकामा अन्तिम मिनेटमा मच्छिन्द्रका मल्लिक ‘बी’ युसुफले गोल गर्दै टोलीलाई फाइनलमा प्रवेश गराए । 

आज (बिहीबार) सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले पाँच लाख पुरस्कार पाउनेछन् । 

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार