काठमाडौं, फागुन ९ :

कोदाली भेन्चर्स प्रालिले प्राकृतिक खाद्य उत्पादनहरू बजारमा ल्याएको छ । यसले नेपाली किसानहरूले पारम्परिक रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ दाल, भटमासजस्ता रैथाने अन्नमा आधारित उत्पादन बजारमा ल्याएको हो ।

यी उत्पादनहरूमा कुनै रसायनिक प्रशोधन वा संरक्षक प्रयोग नगरिएकाले यी मानव स्वास्थ्यका लागि लाभदायक छन् ।

कोदाली भेन्चर्सले निम्न उत्पादन बजारमा ल्याएको छ :
फापर फ्लेक्स : यो टुसा उमारेको फापरबाट बनेको सुपरफुड हो जसले सुगर लेभल नियन्त्रण गर्न मद्दत गर्छ । यो कम प्रशोधित खाद्य पदार्थ हो । यो पौष्टिक आहार चाहनेहरूका लागि उपयुक्त छ ।

भिगन प्रो : यो टुसा उमारिएको मुङ, तील र जडीबुटीबाट बनेको २५ प्रतिशत प्रोटिन युक्त पीठो हो । यसलाई बारा, सुप वा आँटाको पीठोमा मिसाएर सुक्खा रोटी बनाउन सकिन्छ । यो स्वस्थ जीवनशैली चाहने परिवारका लागि प्रोटिनको उत्तम स्रोत हो ।

माइ चोइस : यो टुसा उमारिएको कोदो, फापर, सूर्यमुखी, कोका र गुडबाट बनेको स्वस्थ पेय पदार्थ हो । यसले बच्चाहरूलाई रैथाने खाद्यवस्तु खाने बानी बसाउन मद्दत गर्छ र उनीहरूको पौष्टिक आवश्यकताको पूर्ति गर्छ ।

प्यानकेक (मिठ्ठो गिले रोटी) : यो अंकुरित अन्नहरू जस्तै जौँ, फापर, कागुनो, आलस र गुडबाट बनेको पीठो हो । यो रसायनरहित उत्पादन हो र ओमेगा-३ जस्ता पोषक तत्त्वले भरपूर छ । जुन स्वस्थ मुटु र मस्तिष्कका लागि आवश्यक छ ।

कोदाली भेन्चर्सले आफ्ना उत्पादनहरूमा कुनै रसायन प्रयोग नगरी, प्राकृतिक विधिबाट उत्पादन गर्छ । यसले नेपाली उपभोक्ताहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने लक्ष्य राखेको छ । साथै, यसले नेपाली उत्पादनहरूमा नै अधिकतम पौष्टिक तत्त्व हुने गरी उत्पादन गरेकाले यसले नेपाली खाद्य संस्कृतिलाई पनि बढावा दिइरहेको छ ।

भविष्यमा, कोदाली भेन्चर्सले विश्व बजारमा नेपाली पहिचानसहित आफ्ना उत्पादनहरू विस्तार गर्ने योजना बनाएको छ । यसले नेपाली महिलाहरूको उद्यमशीलता र नेतृत्वलाई पनि प्रोत्साहन दिइरहेको छ ।