काठमाडौं, फागुन ९ :

नेप्सेको लगातारको वृद्धि आज पनि कायम रह्यो । अघिल्लो तीन कार्यदिन लगातार बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि तीन दशमलव १४ अंकले बढेर २७ सय ४३ दशमलव ७४ अंकमा पुगेको छ ।

(क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव ९० अंकले घटेर चार सय ५७ दशमलव ९८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय नौवटा कम्पनीका ८६ हजार दुई सय २३ पटकको कारोबार भए । जसमा एक करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिद-बिक्री भए । योसँगै कुल कारोबार रकम आठ अर्ब ६२ करोड ७६ लाख ८७ हजार पाँच सय ९९ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा चार समूहको सूचक बढेर बाँकीका घटे । जसमध्ये जीवन बिमा समूहको सूचक ३२५ दशमलव ३८ अंकले बढेर १३ हजार सात सय ४२ दशमलव २७ अंकमा चढ्यो । निर्जीवन बिमा समूहको सूचक ८२ दशमलव ९३ अंकले बढेर १२ हजार नौ सय ८० दशमलव ५६ अंकमा पुगेको छ ।

यसैगरी अन्य र व्यापार समूहको सूचक पनि क्रमशः १२ दशमलव ८२ र एक सय ६० दशमलव ७७ अंकले बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने सात दशमलव ७१ अंकले घटेर १३ सय ८३ दशमलव २६ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ३० दशमलव शून्य एक अंकले घटेर पाँच हजार ६ सय ८४ दशमलव ३१ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पाँच दशमलव शून्य दुई अंकले घटेर २८ सय ६१ दशमलव २२ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि २८ दशमलव ६० अंकले घटेर तीन हजार सात सय ७८ दशमलव ५९ अंकमा झरेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २१ दशमलव ५०, शून्य दशमलव ४१, ५७ दशमलव ४७, १६ दशमलव १८ र शून्य दशमलव शून्य आठ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा बाराही हाइड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने आज नेपाल पुनर्बिमा कम्पनी पहिलो स्थानमा परेको छ ।