शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
अर्थतन्त्र सेयर बजार

अन्तिम कारोबार दिनमा पनि ३ अंकले बढ्यो नेप्से, ८ अर्ब ६२ करोडको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
अन्तिम कारोबार दिनमा पनि ३ अंकले बढ्यो नेप्से, ८ अर्ब ६२ करोडको कारोबार
काठमाडौं, फागुन ९ :

नेप्सेको लगातारको वृद्धि आज पनि कायम रह्यो । अघिल्लो तीन कार्यदिन लगातार बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि तीन दशमलव १४ अंकले बढेर २७ सय ४३ दशमलव ७४ अंकमा पुगेको छ ।

(क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव ९० अंकले घटेर चार सय ५७ दशमलव ९८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय नौवटा कम्पनीका ८६ हजार दुई सय २३ पटकको कारोबार भए । जसमा एक करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिद-बिक्री भए । योसँगै कुल कारोबार रकम आठ अर्ब ६२ करोड ७६ लाख ८७ हजार पाँच सय ९९ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा चार समूहको सूचक बढेर बाँकीका घटे । जसमध्ये जीवन बिमा समूहको सूचक ३२५ दशमलव ३८ अंकले बढेर १३ हजार सात सय ४२ दशमलव २७ अंकमा चढ्यो । निर्जीवन बिमा समूहको सूचक ८२ दशमलव ९३ अंकले बढेर १२ हजार नौ सय ८० दशमलव ५६ अंकमा पुगेको छ ।

यसैगरी अन्य र व्यापार समूहको सूचक पनि क्रमशः १२ दशमलव ८२ र एक सय ६० दशमलव ७७ अंकले बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने सात दशमलव ७१ अंकले घटेर १३ सय ८३ दशमलव २६ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ३० दशमलव शून्य एक अंकले घटेर पाँच हजार ६ सय ८४ दशमलव ३१ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पाँच दशमलव शून्य दुई अंकले घटेर २८ सय ६१ दशमलव २२ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि २८ दशमलव ६० अंकले घटेर तीन हजार सात सय ७८ दशमलव ५९ अंकमा झरेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २१ दशमलव ५०, शून्य दशमलव ४१, ५७ दशमलव ४७, १६ दशमलव १८ र शून्य दशमलव शून्य आठ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा बाराही हाइड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने आज नेपाल पुनर्बिमा कम्पनी पहिलो स्थानमा परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार